काठमाडौँ । पपुवा न्युगिनी (पिएनजी)विरुद्ध अन्तर्राष्ट्रिय सिरिजको दोस्रो तथा अन्तिम खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ ।
नेपालका कप्तान सन्दीप लामिछानेले १२.१ ओभरमा चार्ल्स अमिनीलाई व्यक्तिगत ३५ रनमा एबिडब्ल्युको सिकार बनाएका हुन् । ३० बलको सामना गरेका उनले ७ चौका प्रहार गरे ।चार्ल्सले तेस्रो विकेटका लागि लिगा सियकासँग ६९ रनको साझेदारी गरेका थिए । सियका २६ रन बनाएर खेलिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ चैत्र २०७८, १४ : ३९
लेखकबाट थप