सानिमा बैंक अब चितवनको टाँडीमा पनि

सफल खबर संवाददाता

शनिबार, १२ चैत्र २०७८, १४ : ३२
सानिमा बैंक अब चितवनको टाँडीमा पनि

काठमाडौँ  । सानिमा बैंक लिमिटेडले चितवनको टाँडीमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।

उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र सानिमा बैंकका सञ्चालक डा केशवप्रसाद आचार्यले संयुक्त रुपमा गरेका छन्।

समुद्घाटन समारोहमा मह जोडीले रत्ननगर टाँडीमा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे।

समुद्घाटन समारोहमा रत्ननगर नगरपालिकाका मेयर नारायण बनले रत्ननगरमा सानिमा बैंकले शाखा सञ्चालनमा ल्याएसँगै सो क्षेत्रका बासिन्दाको बैंकिङ तथा वित्तीय आवश्यकता पूरा गर्ने र व्यवसायिक विकासमा टेवा पुर्‍याएकोमा शुभकामना व्यक्त गरे।

त्यसैगरी सानिमा बैंकका सञ्चालक डा आचार्य र प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११४ वटा एटीएम सञ्चालन रहेका छन्।

प्रतिक्रिया दिनुहोस