काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले प्रदेश १ विराटनगरमा आफ्नै नवनिर्मित भवनमा बैंकको प्रदेश १ क्षेत्रीय कार्यालयको समुद्घाटन गरेको छ। उक्त भवनको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले गरेका हुन्।
उक्त भवनको उद्घाटन समारोहमा उद्योगी, व्यापारी तथा विभिन्न संघसंस्थाका प्रमुख अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो। विभिन्न वर्गका ग्राहकहरु, व्यापारी तथा उद्योगीहरुमाझ उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ उक्त कार्यालयको निर्माण गरिएको हो।
अत्याधुनिक प्रविधिमैत्री बैंकिङमार्फत आम ग्राहकहरुसमक्ष सेवा प्रदान गर्ने उद्देश्यका साथसाथै देशको अर्थतन्त्रलाई समृद्ध एवं सुदृढ बनाउन नवस्थापित बैंकको भवनमार्फत प्रदान गरिने सेवाको अहम् भूमिका रहनेमा बैंक विश्वस्त रहेको छ।
यसअघि विराटनगरस्थित वडा नं ७ मेनरोडबाट सेवा प्रदान गर्दै आइरहेको विराटनगर शाखालाई समेत उक्त भवनमा स्थानान्तरण गरिएको छ। सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), २०८ वटा एटीएम, ११४ शाखारहित बैंकिङ सेवा र १,५०० भन्दा बढी पिओएस मेसिनमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ चैत्र २०७८, १४ : २५
लेखकबाट थप