आक्रमणकारी रुसी फौजलाई ‘शक्तिशाली प्रहार’ गरेको जेलेन्स्कीको टिप्पणी

सफल खबर संवाददाता

शनिबार, १२ चैत्र २०७८, १४ : १२
आक्रमणकारी रुसी फौजलाई ‘शक्तिशाली प्रहार’ गरेको जेलेन्स्कीको टिप्पणी

काठमाडौं  । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी फौजलाई युक्रेनले ‘शक्तिशाली प्रहारहरू’ गरेको टिप्पणी गरेका छन् । नियमित भिडियो सम्बोधनका क्रममा उनले युक्रेनी सेनाले रुसी सैन्य बलविरुद्ध शक्तिशाली प्रहार गरेको र रुसतर्फ ‘उल्लेखनीय क्षति’ भएको टिप्पणी गरेका हुन् ।

‘हाम्रो सैन्य बलले मुलुकको दक्षिणतर्फ, डोनबास, खार्किभको दिशामा र किभ क्षेत्रमा दुश्मनको आक्रमण निरन्तर विफल बनाइरहेका छन् ।’ उनले भने । ‘रुसी आक्रमणलाई कमजोर बनाएर हाम्रा रक्षकहरु रुसी नेतृत्वलाई यस्तो तार्किक उपायसम्म पुर्‍याउदै छन्– वार्ता आवश्यक छ । अर्थपूर्ण । तत्कालै । निष्पक्ष ।’ उनको भनाइ छ ।

एक महिनाअघिदेखि युक्रेनमाथि आक्रमण थालेयता रुसी आक्रमण सुस्तै बन्दै गइरहेको टिप्पणी भइरहेका बेला जेलेन्स्कीको यस्तो भनाइ आएको हो । 

प्रतिक्रिया दिनुहोस