काठमाडौं । भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ।
मृत्यु हुनेमा भक्तपुर जिल्लाको चाँगुनारायण न.पा ८ सुडाल बस्ने ३६ वर्षका रमेश तिमिल्सना रहेका छन्। दुर्घटनापछि डा.इवामुरा अस्पताल लगिएका तिमिल्सिनाको उपचारका क्रममा राति साढे ८ बजे मृत्यु भएकाे प्रहरीले जनाकारी दिएकाे हाे।
राधेराधेबाट सल्लाघारी तर्फ आउँदै गरेको बा ४ ख २००१ नम्बरको हेलम्बु यातायातको बसले सोही दिशा तर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो।
बसका चालक सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी गाउँपालिका ७ घर भई हाल काठमाडौँ जिल्ला माकलबारी बस्ने २८ वर्षका सागर विक्रम थापा अहिले जगाती प्रहरी नियन्त्रणमा छन्। घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ चैत्र २०७८, १४ : ०१
लेखकबाट थप