सर्लाहीमा झडप : संघीय सांसद साह र उनका अंगरक्षक घाइते

सफल खबर संवाददाता

शनिबार, १२ चैत्र २०७८, ११ : ५४
सर्लाहीमा झडप : संघीय सांसद साह र उनका अंगरक्षक घाइते

काठमाडौं । सर्लाहीमा क्लबको भवन बनाउने विषयमा झडप हुँदा संघीय सांसद प्रमोद साह र उनका अंगरक्षक घाइते भएका छन् ।

शनिबार बिहान ईश्वरपुर नगरपालिका वडा नम्बर ६ बयलवासमा फुलझरी युवा क्लबको भवन बनाउने–नबनाउने विषयमा भएको विवादले झडपको रुप लिएको हो ।झडपमा सांसद साह र उनका अंगरक्षक घाइते भएको ईलाका प्रहरी कार्यालय बयलबासका प्रहरी निरीक्षक जनक ढुंगानाले बताए । उनले सांसद साहको टाउकोमा करिब २० वटा टाँका लागेको बताए ।

घाइतेसांसद र अंगरक्षकको अहिले अमित हेल्थकेयरमा उपचार भइरहेको र थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाउने तयारी रहेको उनले बताए ।वयलबासमा रहेको फुलजोर बाबा युवा क्लवको जग्गा र भवन निर्माणको विषयमा केही दिन यता स्थानीय युवाहरूबीच विवाद बढ्दै गएको थियो । विवाद उत्कर्षमा पुगेको अवस्थामा सांसद साह बिहान घटनास्थल पुगे लगत्तै झडप भएको थियो ।

प्रतिक्रिया दिनुहोस