चितवन । नेपाल सरकारको आमन्त्रणमा दुईदिने राजकीय भ्रमणमा शुक्रबार नेपाल आएर शनिबार भारत फर्किएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कतै भव्य स्वागत भएको छ भने राजधानी काठमाडौंमै उनको विरोधमा जुलुस समेत निस्किएको छ ।
एयर इण्डियाको विशेष विमान चढेर शुक्रबार जनकपुर आएका भारतीय प्रधानमन्त्री मोदीलाई त्यहाँ दुई नम्बर प्रदेशका जनताले भव्य स्वागत गरेका हुन् । उनको स्वागतमा हजारौँ जनता सडकमा उभिएका थिए ।
प्रतिक्रिया दिनुहोस