नेपालको दुईदिने भ्रमण सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएका छन् । जनकपुर हुँदै नेपाल आएका मोदीले नै यो भ्रमणलाई धार्मिक भ्रमण भनेका छन् । जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री नभई प्रधान तीर्थयात्रीका रुपमा आफू नेपाल आएको बताए । मोदीले जनकपुर मन्दिर, मुक्तिनाथ र पशुपतीमन्दिरको दर्शन र पूजा गरे ।
मोदीले राजनीतिक भेटघाट पनि गरे । शुक्रवार काठमाडौंको द्धारिका होटलमा दुई देशका प्रधानमन्त्री बीच छुट्टाछुट्टै भेटवार्ता भएको थियो । भारतका प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री ओलीले संयूक्त रुपमा अरुण तेश्रो जलबिदुत आयोजनाको शिल्यान्यास समेत गरेका थिए ।
शनिबार बिहान मुक्तिनाथ, पशुपतिनाथको दर्शन र विभन्न राजनीतिक दलहरुसँग भेट गरेर उनी अपरान्ह भारत फर्किएका हुन् । नेपालमा रहँदा उनलाई काठमाडौं र जनकपुरमा नागरिक अभिनन्दन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस