चितवन । नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत माडी न.पा. वडा नं. ७ र ८ जोड्ने परुई खोला पुलको औपचारिक समुद्घाटन भएको छ ।
सो नवनिर्मित दुईतर्फी पक्की पुलको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समुद्घाटन गरेका हुन । वातावरणीय प्रभाव मुल्यांकन स्वीकृत भई बि।टी। निर्माण सेवाले २०७६ ज्येष्ठदेखि निर्माण सुरु गरेको सो पुलको केहि महिना अगाडि निर्माण पुरा भएकोमा हालै पुलमाथिको कालोपत्रे निर्माण सकिएको हो ।
समुद्घाटन कार्यक्रममा बागमती प्रदेशका मन्त्री घनश्याम दहाल अविनाश, माओवादी केन्द्रका केन्द्रीय सदस्य यम बहादुर परियार र माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालसंगै माओवादी केन्द्रका जिल्ला र नगरस्तरका नेता कार्यकर्ता एवं स्थानीयबासीहरु सहभागी रहेका थिए ।
नारायणगढ माडी ठोरी हुलाकी हुलाकी सडकमा करीब ८२ करोड रुपैंयाको लागतमा निर्माण चलिरहेका १२ वटा पुलहरुमध्ये यसपटक दोश्रो पुलको उद्घाटन सकिएको हो । अन्य पुलहरुमा निर्माण कार्य जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० चैत्र २०७८, १८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना