काठमाडौं । एमालेले आसन्न स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । एमाले केन्द्रीय कमिटी बैठकले ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनको लागि अन्य दलसँग तालमेल गर्ने अधिकार स्थानीय कमिटीलाई नै दिएको हो ।
एमाले प्रचार प्रसार विभाग उपप्रमुख विष्णु रिजालले स्थानीय तह निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने अधिकार स्थानीय कमिटीलाई नै भएको बताए । स्थानीय आवश्यकताको आधारमा तल्ला कमिटीहरूले आवश्यक महसुस गरेको खण्डमा तालमेल गर्न सकिने उनको भनाई छ ।
'स्थानीय आवश्यकताको आधारमा तल्ला कमिटीहरूले आवश्यक महशुस गरे भने त्यो भन्दा एक तह माथिल्लो कमिटीको अनुमति लिएर स्थानीय तालमेल गर्न सक्छन् । त्यसका लागि हामीले ढोका बन्द गरेका छैनौं,' रिजालले भने ।
पार्टीमा बढिरहेको जनमतको लहर कम गर्ने, कार्यकर्ताको ध्यान अन्यत्र मोड्ने गरी राष्ट्रिय नीति बनाएर अघि नबढ्ने उनले प्रष्ट पारे । 'हामी आफ्नो पार्टीको जनमत पढाउने, पार्टीमा बढिरहेको लहरलाई रोक्ने, कार्यकर्ताको ध्यान अन्यत्र मोड्ने गरी कथित तालमेलको राष्ट्रिय नीति बनाएर जादैँनौं,' उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० चैत्र २०७८, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौंमा आज एमालेको जनप्रदर्शन, जनसभालाई ओलीले सम्बोधन गर्ने
देउवाले आधिकारिकता गुमाउँदा एमालेको चिन्ता, लोकतान्त्रिक मूल्य-मान्यतामाथि प्रहार भएको ओलीको निष्कर्ष
पदाधिकारी सुरक्षित गर्ने ओलीको रणनीति
एमाले उम्मेद्वार को कहाँ ?
एमाले सचिवालय बैठक सुरु
प्रतिनिधिसभा उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक बस्दै