प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने

सफल खबर संवाददाता

विहीबार, १० चैत्र २०७८, १५ : २४
प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा यहि चैत १८ गते तीन दिने भारत भ्रमणमा जाने भएका छन् । 

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमण सकिएलगत्तै देउवा भारत भ्रमणमा जान लागेका हुन् ।

प्रधानमन्त्री तीन दिने भारत भ्रमणमा रहनेछन् । त्यहाँ उनले भाइब्रेन्ट गुजरात समिटमा भाग लिने बताइएको छ । यद्यपी, प्रधानमन्त्री देउवाको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले अहिलेसम्म जानकारी भने दिएको छैन।

प्रतिक्रिया दिनुहोस