काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बुधबार सुरु भएको बैठकको दोस्रो दिनको बैठक बबरमहलस्थित कार्की ब्याक्वेटमा सुरु भएको हो ।
बुधबारको बैठकमा सात प्रदेशका संयोजकले पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका थिए । त्यस्तै अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष ओलीको प्रतिवेदनमा सदस्यहरुले लिखित सुझाव दिनेछन् ।
एमालेको यो केन्द्रीय कमिटीको बैठकमा विशेष गरी स्थानीय तहको निर्वाचन केन्द्रित छलफल हुने एमाले नेताहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० चैत्र २०७८, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !
एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अध्यक्षमा ओलीको अग्रता कायमै, पोखरेलले कति मत पाए ?
महासचिवमा शंकरले ल्याए २४९ मत, सुरेन्द्रको कति ?