काठमाडौं । नेपालमा प्रत्येक वर्ष ६९ हजारभन्दा बढी क्षयरोगका बिरामी थपिने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो । मन्त्रालयका अनुसार वार्षिक ४० हजारभन्दा धेरैलाई पहिचान गरी उपचारको दायरामा ल्याउन ठुलो चुनौती देखिने गरेको छ ।
मन्त्रालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा सञ्जय ठाकुरले उपचारको दायरामा नआएकाहरुलाई दायरामा पुर्याउन चुनौती थपिएको बताएका हुन् । नेपालमा वर्षेनी क्षयरोगी १४ हजार मृत्यु हुने अनुमान गरिएको उनले बताए ।
डा.ठाकुरले क्षयरोग प्रिभिलेन्स सर्वेक्षणको दिशा निर्देश र विश्व स्वास्थ्य संगठनको सिफारिसमा यसको रणनीतिलाई निर्देशक सिद्धान्त मानी पञ्चवर्षीय रणनीतिक योजना २०७८–७९ देखि २०८२–८३ तयार गरी कार्यान्वयन गरिएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ चैत्र २०७८, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्षयरोगका बिरामी खोज्दै पालिका
चौध वर्षमुनिका २७ जनामा क्षयरोग
विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर
एक सय जनामा क्षयरोग सङ्क्रमण
बर्दिबासमा क्षयरोगीको सङ्ख्या उच्च