देउवासहितका कांग्रेस नेताहरुको मोदीसँग सामूहिक भेट, प्रचण्डले एक्लै भेटे

शनिबार, २९ बैशाख २०७५, १३ : ५८
देउवासहितका कांग्रेस नेताहरुको मोदीसँग सामूहिक भेट, प्रचण्डले एक्लै भेटे

काठमाडौँ । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज विभिन्न दलका नेताहरुसँग भेटवार्ता गर्दैछन् ।
कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् ।  कांग्रेस नेताहरुले मोदीलाई उनी बसिरहेको होटलमै पुगेर भेट गरेका हुन् । भेटमा  दुई देशबीचको सम्बन्धका साथै आपसी चासोका विषयमा छलफल भएको थियो ।  कांग्रेसबाट सभापति शेरबहादुर देउवाका साथै उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीता यादव, विजय गच्छदार, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेता सहभागी थिए ।


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने एक्लै भेटेका छन् । भेटमा आपसी हित र द्वीपक्षीय सम्वन्धलाई अझ बलियो बनाउने विषयमा छलफल भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस