एजेन्सी । राजधानी काठमाडौं विश्वका प्रमुख १० प्रदूषित शहरभित्र परेको छ । वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयरले सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्टको सूचीमा राजधानी काठमाडौं विश्वको छैटौँ प्रदूषित शहर बनेको छ । त्यस्तै, देशका हिसाबले नेपाल प्रद्रूषित देशको सूचीको दशौँ नम्बरमा छ ।
तथ्यांकअनुसार सन् २०२१ मा भारतको समग्र प्रदूषण तह खराब देखिन्छ । भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित राजधानी शहर बनेको छ । दिल्ली लगातार चौथो पटक विश्वकै सर्वाधिक प्रदूषित शहर बनेको हो । विश्वका १०० प्रदूषित शहरहरुमध्ये ६३ भारतमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, देशका हिसाबले बंगलादेश विश्वकै सबैभभन्दा प्रदूषित साबित भएको छ । प्रदूषित देशको सूचीमा चाँद र पाकिस्तान क्रमशः दोस्रो र तेस्रो नम्बरमा छन् भने पाँचौँमा भारत छ ।
आक्युएयरले संग्रह गरेको तथ्यांकअनुसार कुनै पनि देशले सन् २०२१ मा प्रदूषणसम्बन्धी मापदण्ड पूरा गर्न सकेनन् । सर्वेक्षण गरिएका शहरहरुमध्ये केबल ३ दशमलब ४ प्रतिशतले मात्र मापदण्ड पूरा गरेका थिए । ११७ देशका ६ हजार ४७५ शहरहरुको वायु गुणस्तर तथ्यांकमा आधारित सो प्रतिवेदनले सन् २०२१ मा विश्वव्यापी वायु गुणस्तरको एउटा सारांश प्रस्तुत गरेको छ ।
कम्तिमा ९३ शहरहरुको पीएम २ दशमलब ५ तह विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सुझाव दिएकोभन्दा १० गुणा बढी पाइएको थियो । तर, केही देशले प्रदूषण नियन्त्रण गर्न सफलता प्राप्त गरेको प्रतिवेदनमा जनाइएको छ । ‘केही देशले प्रदूषण कटौतीमा ठूलो प्रगति गरिरहेका छन’, आइक्यूएयरकी विज्ञान प्रबन्धक क्रिष्टि श्रोडरले भनिन् ।
‘चीनले केही धेरै ठूला संख्याहरूबाट सुरु गरेको थियो । समयसँगै उनीहरुले निरन्तर घटाउँदै गएका छन् । तर, संसारमा यस्ता ठाउँहरू पनि छन् जहाँ यो उल्लेखनीय रूपमा खराब हुँदै गइरहेको छ’, उनले भनिन् ।
विश्वका दश प्रदूषित देश
१.बंगलादेश
२.चाँद
३.पाकिस्तान
४.ताजकिस्तान
५.भारत
६.ओमन
७.क्रिगिजिस्तान
८.बहराइन
९.इराक
१०.नेपाल
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ चैत्र २०७८, १० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेटौँडा-काठमाडौँ- दक्षिणकाली सडक खुल्यो
काठमाडौंका पेट्रोल पम्प बन्द
काठमाडौँमा रुख, पोल, मठमन्दिर, पार्क, रेष्टुरेन्टजस्ता ठाउँबाट रङ्गीचङ्गी बत्तीको प्रयोग हटाउन सिफारिस
काठमाडौँमा हावाहुरीसहित वर्षा
कतारका राजाको स्वागतमा सिँगारियो काठमाडौं (तस्वीरहरू)
डढेलो नियन्त्रण नभए काठमाडौंको वायु प्रदूषण अझै बढ्ने