लोसपा सरकारमा सहभागी हुने विषयमा निर्णय भएको छैन – महन्थ ठाकुर

सफल खबर संवाददाता

मंगलबार, ०८ चैत्र २०७८, १२ : ००
लोसपा सरकारमा सहभागी हुने विषयमा निर्णय भएको छैन – महन्थ ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफुहरु सरकारमा जाने विषयमा कुनै निर्णय नभएको बताए।

लोसपाको मधेस प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा आएका अध्यक्ष ठाकुरले लोसपा सरकारमा शामिल हुन लागेको चर्चा चली रहेको समय उनले अहिले सरकारमा जाने विषयमा कुनै पनि निर्णय नगरेको स्पष्ट पारेका हुन् । यधपी ठाकुरले सरकारमा शामिल हुने विषयमा छलफल चलिरहेको स्वीकार गरे ।

उनले अहिले नै सरकारमा शामिल हुने विषयमा पार्टी भित्र निर्णय नभएको बताउँदै वर्तमान सरकार आफूहरुको माग सम्बोधन गर्ने विषयमा लचकता अपनाउने प्रतिवद्धता व्यक्त नगरेसम्म सरकारमा शामिल हुने कुनै छाँटकाँट नरहेको बताए ।

ठाकुरले वर्तमान सरकारमा शामिल हुनेभन्दा पनि नागरिकता सम्बन्धी मुद्दा, मधेश आन्दोलनको क्रममा लगाइएका झुठा मुद्दाहरु लगायतको विषयमा छलफल चलिरहेको बताए ।उनले नागरिकता सम्बन्धि मुद्दा समाधान गर्नका लागि कानूनी जटिलता हटाउने, मधेश आन्दोलनको क्रममा लगाइएका झुठा मुद्दा हटाउने विषयमा सरकारले गम्भिरता देखाए मात्रै सरकारमा शामिल हुने विषयमा विचार गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस