जगदम्बा स्टील्सले सुरु गर्‍यो तेस्रो देशमा उत्पादनको निर्यात

सफल खबर संवाददाता

सोमबार, ०७ चैत्र २०७८, १७ : २९
जगदम्बा स्टील्सले सुरु गर्‍यो तेस्रो देशमा उत्पादनको निर्यात

काठमाडौं । जगदम्बा स्टील्सले थाल्यो निर्यात जगदम्बा स्टील्सले तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ । कम्पनीका अनुसार जगदम्बा स्टील्सका उत्पादनहरु, जगदम्बा सुपर शाइन र ग्याल्भां रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा उच्च मागका साथ आपूर्ति हुन थालेको छ ।

जगदम्बा स्टील्सले केही समय अगाडि मात्रै “सीआर सिट एंड कोइल्स”हरु दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरु तथा दक्षिण अफ्रिकामा निर्यातको थालनी गरेको थियो । “उपभोक्ता सन्तुष्टिका लागि उत्कृष्ट गुणस्तरको निरन्तर्ता हाम्रो प्रतिवद्धता तथा प्रथम प्राथमिकता हो ।

नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रुपमा स्थापित हुन पाउँदा हामी निकै गौरवान्वित छौँ, ”, जगदम्बा सुपर साइन र ग्याल्भांको तेस्रो देश निर्यात थालनीको सुअवसरमा बोल्दै जगदम्बा स्टील्सका प्रवक्ताले भने, “यस संगै गुणस्तरको निरन्तर्ताका लागि प्रतिबद्धता जनाउँदै भविष्यमा अझ उत्कृष्ट उत्पादनहरु उपभोक्ता माझ पस्कँदै जान थप आत्मबल मिलेको आभाष भइरहेको छ ।”

प्रतिक्रिया दिनुहोस