‘नवौँ राष्ट्रिय खेलकुदको तयारीमा सरकार’

सफल खबर संवाददाता

सोमबार, ०७ चैत्र २०७८, १४ : ३०
‘नवौँ राष्ट्रिय खेलकुदको तयारीमा सरकार’

काठमाडौँ  । खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नवौँ राष्ट्रिय खेलकुदको तयारीमा सरकार जुटेको बताए । 

सोमबार काठमाडौँमा राष्ट्रिय खेलकुद परिषद्को ५८ औं वार्षिकोत्सव तथा नयाँ प्रशासनिक भवनको उद्घाटन गर्दै मन्त्री गहतराजले नवौँ राष्ट्रिय खेलकुदका लागि कार्यविधि तयार भइसकेको र छिटै अर्थ मन्त्रालयमा पेश गर्ने बताए। 

जेष्ठ १५ भित्रै राष्ट्रिय खेलकुद सम्पन्न गर्दै एसियन गेमको तयारीमा जुट्नका लागि छलफल भइरहेको उनको भनाइ छ । मन्त्री गहजरातले आगामी आर्थिक वर्षमा खेलक्षेत्रलाई प्रभावकारी बनाउनका लागि प्रयाप्त बजेट विजियोजनका लागि प्रतिवद्ध रहेको धारणा राखे । खेल क्षेत्रको लगानी अप्रयाप्त रहेकाले नै यस क्षेत्रको प्रभावकारी विकासका लागि समस्या भएको उनको भनाइ छ। .कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस