काँडाघारीमा विस्फाेटक पदार्थ राखेको अभियोगमा माणिक लामा पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०७ चैत्र २०७८, १४ : २५
काँडाघारीमा विस्फाेटक पदार्थ राखेको अभियोगमा माणिक लामा पक्राउ

, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा विस्फाेटक पदार्थ राखेको अभियोगमा प्रहरीले माणिक लामालाई पक्राउ गरेको छ ।नेपाल प्रहरीको विशेष ब्यूरोले लामालाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखेको हो । 

महानगरीय प्रहरी परिसर, टेकुका एक अधिकृतका अनुसार काँडाघारीमा शंकास्पद वस्तु राखिएको घटनामा लामाको पनि संलग्नता देखिएपछि ब्यूरोले लामालाई नियन्त्रणमा लिएको थियो । उनी सांसद नविना लामाका बुवा समेत हुन् ।एमसीसीको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित ६ दल र दुई मोर्चाको संयुक्त विरोधका बेला काँडाघारीमा शंकास्पद वस्तु राखिएको थियो । थप अनुसन्धान भइरहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस