महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई पानी ट्याङ्की र डस्टबिन सहयोग

सफल खबर संवाददाता

सोमबार, ०७ चैत्र २०७८, १४ : ११
महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई पानी ट्याङ्की र डस्टबिन सहयोग

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ को नारालाई आत्मसात गर्दै विभिन्न सामाजिक तथा आर्थिक रुपान्तरणका कार्यहरु संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमका माध्यमबाट सञ्चालन गर्दै आइरहेको छ।

सोही कार्यलाई निरन्तरता दिँदै महालक्ष्मी विकास बैंक साफेबगर शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत साफेबगरस्थित सूर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा डस्टबिन सहयोग गरेको छ।

सूर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमबीच स्वच्छ खानेपानीका लागि एक हजार र पाँच सय लिटरको एक/एक ट्यांकी र डस्टबिन हस्तान्तरण गरिएको महालक्ष्मी विकास बैंक शाखा कार्यालय साफेबगरका प्रबन्धक पुनित शाहले जानकारी दिए।

विद्यालयको प्राकृतिक वातावरणलाई सफा र स्वच्छ राख्न तथा खानेपानी सहज गर्ने उद्देश्यले डस्टबिन र पानी ट्यांकी सहयोग गरिएको बैंकले जनाएको छ। सरसफाइ सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्रबहादुर शाहले विद्यालयलाई धन्यवाद ज्ञापन गरे।

आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने बैंकले जनाएको छ।बैंकले प्रदेश नं १ मा ५, मधेस प्रदेशमा १५, बाग्मतीमा ३७, गण्डकीमा ९, लुम्बिनीमा १८, कर्णलीमा २ र सुदूरपश्चिममा १७ वटा गरी कूल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवा सरलीकृत तवरले प्रदान गर्दै आएको छ। 

प्रतिक्रिया दिनुहोस