कञ्चनपुरको भीमदत्त नगरपालिकामा अख्तियारको छापा

सफल खबर संवाददाता

सोमबार, ०७ चैत्र २०७८, १२ : ४५
कञ्चनपुरको भीमदत्त नगरपालिकामा अख्तियारको छापा

काठमाडौं ।  कञ्चनपुरको भीमदत्त नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा हानेको छ।

नगरपालिकाभित्रका १० वटा पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउँदा एक करोड रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित आयोगको महेन्द्रनगर कार्यालयमा उजुरी परेपछि अख्तियारले छापा हानेको हो।अख्तियार कञ्चनपुरका सूचना अधिकारी चन्द्रकान्त बस्नेतले भीमदत्त नगरपालिकाबाट कागजात नियन्त्रणमा लिएको बताए।

१० पुलको डिपिआर बनाउँदा प्रक्रिया नै मिचेर इन्जिनियरिङ परामर्शदाता कम्पनीको छनौट गरिएको र कानुनअनुसार डिपिआर स्वीकृत नहुँदै एक करोड रुपैयाँ भुक्तानी दिएर भ्रष्टाचार गरिएको दाबीसहित पत्रकार खेम भण्डारीले उजुरी दिएका थिए। 

प्रतिक्रिया दिनुहोस