लिग टू क्रिकेट : युएई विरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

सफल खबर संवाददाता

सोमबार, ०७ चैत्र २०७८, १२ : ०६
लिग टू क्रिकेट : युएई विरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुमा यूएईविरुद्ध नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

नेपाली टोलीमा आज तीन परिवर्तन गरिएको छ । आसिफ शेख, कमल सिंह ऐरी र सागर ढकालको स्थानमा विनोद भण्डारी, विक्रम सोब र पवन सर्राफलाई टिममा राखिएको छ ।

पछिल्ला खेलमा पराजित दुवै टोली आज जित हात पार्ने लक्ष्यमा छ । नेपाल पछिल्लो खेलमा यूएईसँग नै पराजित भएको थियो भने त्यसपछि यूएई पपुवा न्यु गिनीसँग पराजित भएको थियो । नेपालले पहिलो खेलमा पपुवा न्यु गिनीलाई हराएको थियो ।

अघिल्लो खेलमा ब्याटिङमा कमजोर देखिएको नेपालका लागि यूएईविरुद्ध ब्याटिङमा सुधार गर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस