मधेस प्रदेशमा २१ हजार म्यादी प्रहरीका लागि एकदिनमै ५ हजार बढीले भरे फारम

सफल खबर संवाददाता

सोमबार, ०७ चैत्र २०७८, ११ : ५९
मधेस प्रदेशमा २१ हजार म्यादी प्रहरीका लागि एकदिनमै ५ हजार बढीले भरे फारम

काठमाडौं ।  आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मधेस प्रदेशमा २१ हजारभन्दा बढी म्यादी प्रहरी भर्ना गरिँदैछ।

स्थानीय तहको निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी माग गरेकोमा मधेस प्रदेशमा २१ हजार ६९८ जनालाई माग गरिएको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए।

स्थानीय तहको निर्वाचनका लागि मधेस प्रदेशको ३ वटा जिल्लामा ३ हजारभन्दा बढी म्यादी प्रहरीको भर्ना गरिँदैछ।

धनुषामा सबैभन्दा बढी ३ हजार ४८६ म्यादी प्रहरी भर्ना गरिनेछ। सप्तरीमा ३ हजार १३९, सर्लाहीमा ३ हजार ८८, महोत्तरीमा २ हजार ७३६, रौतहट २ हजार ५८९, बारा २ हजार ५२८, सिरहामा २ हजार ३३१ र पर्सामा १ हजार ८०१ जना म्यादी भर्ना गरिने दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

म्यादी प्रहरी भर्नाका लागि आइतबार पलिो दिन आठ वटै जिल्लाबाट ५ हजार २१४ जनाले दरखास्त भरेका छन्। म्यादी प्रहरीको ४० दिनको जागिरका लागि चैत ११ गतेसम्म दरखास्त दिने समय निर्धारण गरिएको हो। 

प्रतिक्रिया दिनुहोस