लेटाङ प्रहरी हत्या प्रकरण : ६ जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०७ चैत्र २०७८, १० : ४६
लेटाङ प्रहरी हत्या प्रकरण : ६ जना पक्राउ

काठमाडौं । मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ मा आइतवार भएको झडपमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । शिक्षकले छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि आक्रोशित स्थानीय र सुरक्षामा खटिएका प्रहरीबीच झडप भएको थियो ।

सोही झडपमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।  स्थानीय र प्रहरीबीचको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठलाई झडपमा आन्दोलनकारी खुकुरी प्रहर गरेका थिए । 

जवान श्रेष्ठको उपचारका क्रममा आइतवार राति मृत्यु भएको छ । प्रहरीले सोमवार पनि त्यस क्षेत्रमा कडा निगरानी राखेको प्रमुख जिल्ला अधिकारी दाहालले बताएका छन्  । यसैबीच  सो क्षेत्रमा आज बिहानैदेखि  कफ्र्यु लागेको छ । 

प्रतिक्रिया दिनुहोस