जोनसनको प्रायोजनमा बेबी पेजेन्ट सो गरिने

सफल खबर संवाददाता

आइतबार, ०६ चैत्र २०७८, १६ : ३५
जोनसनको प्रायोजनमा बेबी पेजेन्ट सो गरिने

काठमाडौँ । जेनसनको मुख्य प्रायोजनसँगै एभरेष्ट बंैक र हिमालय हर्बलको सह प्रायोजनमा बेबी पेजेन्ट सो आयोजना गरिने भएको छ। ३ वर्षदेखि ७ वर्षसम्मका बालबालिकालाई लक्ष्य गरी कार्यक्रमको आयोजना तय भएको छ।

जारी प्रेस विज्ञप्तिअनुसार प्रतिस्पर्धामा ३ वर्षदेखि साढे ४.५ वर्षका बालबालिका ‘र्‍ याम्प वाक विथ मदर’ इभेन्टमा सहभागी हुन सक्नेछन्। त्यसैगरी, ४.५ वर्ष उमेरभन्दा माथि र ७ वर्षभन्दा मुनिका बालबालिका ‘¥याम्प वाक’ र विभिन्न ‘ट्यालेन्ट सो’ मा सहभागी हुन सक्नेछन्।

सहभागिताका लागि आकांक्षीले निःशुल्क आफ्नो स्थान सुरक्षित गर्न सक्नेछन्। बेबी पेजेन्ट सोमा भाग लिन चाहनेले अन्तिम आवेदन २५ मार्च, २०२२ (११ चैत २०७८) भित्र गरिसक्नु पर्नेछ।

यस बेबी पेजेन्ट सोमा दुई छुट्टाछुट्टै विधामा प्रतिस्पर्धा गरिनेछ । जसअनुसार ३ देखि ४.५ वर्ष समूहका प्रथम विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् र दोस्रोे र तेस्रोले क्रमशः २५ र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

सोहीअनुरूप ४.५ वर्षदेखि ७ वर्ष समूहका प्रथम विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् र दोस्रोे र तेस्रोले क्रमशः २५ र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
दुवै समूह गरी कुल पुरस्कार रकम १ लाख ८० हजार रहेको छ।

निकै रुचि र कौतुहलतासाथ हेरिएको यस बेबी पेजेन्ट सोले विभिन्न चरण पार गर्दै ९ अप्रिल, २०२२ (२६ चैत २०७८) मा अन्तिम प्रतिस्पर्धा गर्नेछ। 

प्रतिक्रिया दिनुहोस