काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले उत्सवको बहार दुवई घुम्ने उपहार भन्ने मुल नाराका साथ नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्षित गरि तयार पारिएको स्किमको विजेता घोषणा गरेको छ ।
धनगढी कैलालीका अमिगो मनी ट्रान्सफर र सिमरा बाराका मोबाइल सरोकार उक्त स्किम अन्तर्गत विजेता घोषित भएका छन । आइएमई काउण्टरबाट आइएमई पे मोबाइल एप प्रयोग गरि स्किम अवधिमा हवाई टिकट विक्री गरे वापत सिस्टममा आधारित लक्की ड्र मार्फत विजेता छनोट गर्दा उनिहरु विजेता बन्न सफल भएका हुन । व्यवसाय प्रवद्र्घनमुखी यस्ता स्किम मार्फत व्यवसायिक साझेदारहरुलाई पुरस्कृत गर्ने उद्धेश्यले उक्त सञ्चालन गरिएको थियो ।
उक्त कार्यक्रममा दुई जोडीलाई ४ रात ५ दिनका लागि दुवई घुम्ने अवसर प्राप्त हुने गरि तयार पारिएको थियो । कोभिडका कारण बाहिरी देश भ्रमणको लागि उपर्युक्त समय नभएको कारण सोही भ्रमणको लागि लाग्ने खर्च रु ३,००,०००÷– ( रु. १,५०,०००÷‐ प्रति विजेता) आइएमई पे एप मार्फत स्किमका विजेताहरुलाई ट्रान्सफर गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ चैत्र २०७८, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइएमई पेबाट एसआईपी भुक्त्तानी सजिलै गर्न सकिने
धरान खानेपानीको भुक्तानी ‘आइएमई पे’बाट गर्न सकिने, १०० रुपैयाँसम्म छुट
आइएमई पेले ल्यायो बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै विशेष अफर
आइएमई पेमा पहिलो पटक एयरलाइन्स टिकेट काट्ने ग्राहकहरुलाई छुट
आइएमई पेमा शाइन रेसुङ्गा विकास बैंकको मोबाईल बैंकिङबाट सिधै क्यास लोड गर्न सकिने
आइएमई पे र कान्तिपुर सिनेमास्बीच सम्झौता