काठमाडौं । चन्दननाथ नगरपालिका‚ गुठीचौर गाउँपालिका र तातोपानी गाउँपालिकाकामा कर्णाली प्रदेश सरकारको गौरवको आयोजना धौलिगाड बृहत् खानेपानी आयोजनाको शिलान्यास गरिएको छ। आयोजना नेपाल सरकारका खानेपानी तथा सिंचाईमन्त्री उमाकान्त चौधरीले शनिवार शिलान्यास गरेका हुन्।
यस आयोजनाबाट नौ हजार १०८ घरधुरी लाभान्वित हुने जनाइएको छ। कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले धौलिगाड खानेपानी आयोजना जुम्लाका लागि कर्णाली स्वास्थ्य विज्ञानपछिको अर्को विकासको आयम भएको बताए।आयोजनाबाट चन्दननाथ नगरपालिकाको वडा नम्बर १ देखि १०, गुठीचौर गाउँपालिकाको वडा नम्बर ३ देखि ५ र तातोपानी गाउँपालिकाको वडा नम्बर १ देखि ६ का नौ हजार १०८ घरधुरीका ४४ हजार १६३ जनसंख्या लाभान्वित हुने जनाइएको छ। योजना निर्माण गर्न एक अर्ब २६ करोड आठ लाख ४९० रुपैयाँ लाग्ने आयोजना प्रमुख महेश न्यौपाने जानकारी दिए।
न्यौपानेका अनुसार जुम्ला सदरमुकाम खलंगादेखि १५ किलोमिटर दूरीमा रहेको मुहानबाट प्रतिसेकेन्ड ५५ लिटर पानी ल्याउने डिजाइन इस्टिमेट तयार गरिएको छ। प्रतिव्यक्ति प्रतिदिन ६५ लिटर पानीको खपत अनुमान गरिएको छ। ३८ लाख ४५ हजार ६९९ लिटर पानी प्रतिदिन घरायसी खपत हुनेछ। संस्थागत तीन लाख ८४ हजार ५६९ लिटर प्रतिदिन पानी खपत हुने छ।नका अनुसार आरसिसी गरिएको पानी भण्डारण ट्यांकी ३०० घनमिटरको एउटा, १५० घनमिटरको एउटा, १२५ घनमिटरको दुईवटा, १०० घनमिटरको दुईवटा, ७५ घनमिटरको तीनवटा र ५० घनमिटरको चारवटा बन्ने डिजाइन इस्टिमेटमा उल्लेख छ।
त्यस्तै, पानी वितरण गर्ने ट्यांकी नौवटा, क्लोरिनेसन प्रणाली १३ वटा र प्रेसर घटाउने ट्यांकी १७ वटा निर्माण गरिनेछ। भल्ब राख्ने संरचना (पानी वितरण गर्ने ट्यांकी, भण्डारण गर्ने ट्यांकी र पाइपभित्रको फोहोर फाल्ने, बढी भएको पानी फाल्ने) ६२ वटा बन्नेछन्। हावा फाल्ने र पाइपभित्रको लेदो फोहोर फाल्ने संरचना ३० वटा निर्माण गरिनेछ। आयोजनामा एक प्रतिशत चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका र गुठिचौर गाउँपालिकाको लगानी रहने छ।।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ चैत्र २०७८, १० : ५०
लेखकबाट थप