भूपेन्द्र बने नेपाल आइडल–४

सफल खबर संवाददाता

आइतबार, ०६ चैत्र २०७८, ०७ : १८
भूपेन्द्र बने नेपाल आइडल–४

काठमाडौं । नेपाल आइडल सिजन ४ को विजेता भैरहवाका भुपेन्द्र थापा भएका छन् ।

एपी वान च्यानलबाट गायन प्रतिभा चाैथाे संस्करण नेपाल आडलमा टप ५ मा पुगेका भुपेन्द्रले सबैभन्दा बढी मत ल्याई विजेता बनेका हुन । 

उनीसँगै ५ प्रतिस्पर्धी थिए, शनिबार साझ भएको ग्राण्ड फिनालेमा थापा चाैथाे संस्करणको सर्वाेत्कृष्ट भई उपाधि चुम्न सकेका हुन  । थापा ३० लाख रुपैयाँ नगद र ट्रफी सहित विभिन्न स्पाेन्सरबाट पुरस्कृत भएका छन ।

थापा टप पाँचमा परेपछि गत साता भैरहवा भोटको अपिलका लागि पुगेका थिए। भैरहवास्थित सनसाइन स्कुल पढेका उनलाई स्कुल र स्थानीयले सपोर्ट गरेर नै उपाधि दिलाउन सकेका छन् । 

त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ, सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाल भएका छन् ।

झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भए ।

प्रतिक्रिया दिनुहोस