विद्यालय व्यवस्थापन समितिकाे निर्वाचनमा सत्ता गठबन्धन र एमालेकाे छुट्टाछुट्टै प्यानल

सफल खबर संवाददाता

शनिबार, ०५ चैत्र २०७८, १६ : ३७
विद्यालय व्यवस्थापन समितिकाे निर्वाचनमा सत्ता गठबन्धन र एमालेकाे छुट्टाछुट्टै प्यानल

काठमाडौं । ऐसेलुखर्क गाउँपालिकास्थित त्रिभुवन उच्च माविको व्यवस्थापन समिति चयनका लागि शुक्रबार भएको निर्वाचनमा राजनीतिक दलहरूले प्यानलै खडा गरेका छन्। जसका कारण विद्यालय व्यवस्थापन समिति चयनको निर्वाचन राजनीतिक दलको निर्वाचन जस्तै बनेको थियो।

निर्वाचनमा सत्तारुढ गठबन्धन दल एकातिर र अर्काेतिर एमालेले छुट्टाछुट्टै प्यानल नै खडा गरेका थिए। शैक्षिक संस्थामा पकड जमाउने मनसायले गठबन्धन दलले सरोज राजभण्डारी र एमालेले टेकेन्द्र राजभण्डारीको नेतृत्वमा प्यानल बनाएका थिए।

निर्वाचनबाट एमालेका उम्मेदवार टेकेन्द्रको प्यानल विजयी भयो। निर्वाचनमा ३५४ मत खसेकामा टेकेन्द्रले २२२ मत र प्रतिद्वन्द्वी सरोजले ११७ मत प्राप्त गरे। १७ मत बदर भयाे। टेकेन्द्रको प्यानलबाट श्रीकुमार राईले २१५, डोल्मा तामाङले २३३ र सरिता श्रेष्ठले २०२ मत पाए।

यस्तै सरोजको प्यानलबाट मनकुमारी तामाङले १४२, होमबहादुर तामाङले ११३ र पुण्यकुमारी वनले १०७ मत ल्याएको निर्वाचन समितिले जनाएको छ।

गठबन्धन दल र एमालेले व्यवस्थापन समितिको निर्वाचनलाई आसन्न स्थानीय तहको निर्वाचनका लागि शक्ति परीक्षणकाे रुपमा लिएका छन्।

 

प्रतिक्रिया दिनुहोस