माओवादी केन्द्रको सम्पर्क समन्वय विशेष प्रदेशले पायो पूर्णता

सफल खबर संवाददाता

शनिबार, ०५ चैत्र २०७८, १६ : ३०
माओवादी केन्द्रको सम्पर्क समन्वय विशेष प्रदेशले पायो पूर्णता

काठमाडौं । नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय विशेष प्रदेश समितिले करिब ४ महिनापछि पूर्णता पाएको छ । गत २५ मंसिरमा प्रदेश सम्मेलन हुँदा अध्यक्षमा कृष्ण अधिकारी मात्रै चयन भएका थिए ।

प्रदेश समितिको शनिबार बसेको दोस्रो पूर्ण बैठकले अन्य पदाधिकारी टुंग्याएको हो । बैठकले उपाध्यक्षमा ध्रुव आङ्देम्बे, सुनीता रोकाय र टंकबहादुर घर्तीलाई चयन गरेको हो ।

सचिवमा चित्रबहादुर घर्ती चयन हुँदा सहसचिवहरुमा अक्कल बहादुर थिङ, बिष्णुदेव भट्ट र सीता दाहाल चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा तारा कुमाल चयन भए ।सम्पर्क समन्वय विशेष प्रदेश समिति १ सय ७५ सदस्यीय छ ।


 

प्रतिक्रिया दिनुहोस