त्रिविको उपप्राध्यापक पदको परीक्षा पुनः स्थगित

सफल खबर संवाददाता

शनिबार, ०५ चैत्र २०७८, १५ : २२
त्रिविको उपप्राध्यापक पदको परीक्षा पुनः स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा पुन: स्थगित गरेको छ ।आयोगले ८ चैतदेखि उपप्राध्यापक पदको परीक्षा गर्ने तयारी गरेको थियो ।

तर ‘विज्ञापन नं. ७०१/०७७/०७८ देखि ८२५/०७७/०७८ सम्मको पदमा पदपूर्ति नगर्न भनी सर्वोच्च अदालतबाट अल्पकालीन अन्तरिम आदेश प्राप्त भएको भन्दै अनिश्चितकालका लागि परीक्षा स्थगित गरिएको हो ।आयोगले शनिबार एक सूचना प्रकाशित गरी सर्वोच्च अदालतबाट अर्को आदेश प्राप्त हुनासाथ परीक्षा तालिका प्रकाशित गर्ने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस