‘समय फल्चा’को पुनर्निर्माण सकियाे, चिरिबाबुले गरे उद्घाटन

सफल खबर संवाददाता

शनिबार, ०५ चैत्र २०७८, १३ : ५६
‘समय फल्चा’को पुनर्निर्माण सकियाे, चिरिबाबुले गरे उद्घाटन

करिब २०८ वर्ष पुरानो ऐतिहासिक सम्पदा ‘समय फल्चा पाटी’को पुनर्निर्माण सकिएकाे छ । विभिन्न मुद्दा मामिलाका कारण पुनर्निर्माणको काम अघि बढाउन नसकिएको ललितपुरको पुल्चोकमा रहेको सो पार्टीको शनिबार बिहान उद्घाटन गरिएको हो। 

२०६५ सालमा सर्वोच्च अदालतले पुनर्निर्माणको काम गर्न आदेश दिँदा पनि बन्न नसकेको सो सम्पदाको पुनर्निर्माणको हाल आएर सम्पन्न गर्न पाएकोमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले खुसी व्यक्त गरे । 

उनले भने, ‘२०८ वर्ष पुरानो समय फल्चा पाटी ज्यादै महत्त्वको रूपमा रहेको पाटी हो । तर अहिले यो पाताल भएर बनाउन नसकिरहेको अवस्था थियो । यसले गर्दाखेरी ललितपुर, पुल्चोकका नगरबासीलाई निकै आघात भएको थियो । र, सम्पदाप्रेमीहरू पनि चिन्तित थिए । तर, अब कुनै पनि चिज बन्न समय आउनुपर्दो रहेछ । तसर्थ समय आइपुग्यो, हामीले बनायौं । र, आज सम्पन्न भयो । योभन्दा अगाडि यो बनाउने सन्दर्भमा २०६५ सालमा सर्वोच्चले अन्तरिम फैसला गरेको थियो । त्यसमा बनाउनपर्छ, बनाउनू भन्ने थियो । तर विभिन्न कारणले त्यो सम्भव भएको थिएन । अहिले गत चैत्र २ गते उच्च अदालत पाटनमा परेको मुद्धाको पनि फैसला भएपछि यसको उद्घाटन गर्न सम्भव भएको सो पार्टी नबनाउन माग गर्दै लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले जिल्ला अदालत पाटनमा समेत मुद्धा हालेको थियो । 

तर, अन्तिममा उच्च अदालतले पाटनले समेत बनाउनका लागि फैसला गरेपछि यसको उद्घाटन गर्ने अवसर मिलेको मेयर महर्जनले बताए । 

उनले सम्पदाप्रेमीहरूले समेत चिन्ता व्यक्त गरेको सो सम्पदा पुनर्निर्माण गर्न पाउँदा पुल्चोकका नगरबासी समेत हर्षित भएको उल्लेख गरे ।

सम्पदाको संरक्षण गर्ने विषयलाई मुद्दा मामिला बनाइएकाले यसको पुनर्निर्माणको काममा ढिलाइ हुन गएको ललितपुर महानगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस