तालिबानले छात्रालाई पनि विद्यालय जान दिने

सफल खबर संवाददाता

शनिबार, ०५ चैत्र २०७८, १२ : २६
तालिबानले छात्रालाई पनि विद्यालय जान दिने

 काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले अबदेखि छात्रालाई पनि विद्यालय जान दिने भएकाे छ ।तालिबानले सत्ता सम्हालेसँगै छात्रालाई शैक्षिक संस्था जान राेक लगाउनुका साथै महिलालाई राेजगारमा जान पनि प्रतिबन्ध लगाएकाे थियाे । जुन विषयकाे चाैतर्फी आलाेचना भएपछि तालिबान सरकारले छात्रालाई शैक्षिक संस्थामा जान दिने निर्णय गरेकाे हाे ।

तालिबान सरकारले मार्च २२ बाट छात्राहरूलाई विद्यालय जान दिने विदेशी सञ्चारमाध्यमहरूले जनाएका छन् । तालिबानकाे यस निर्णयलाई संयुक्त राष्ट्रसंघले महत्त्वपूर्ण र स्वागतयाेग्य भनेकाे छ। 

प्रतिक्रिया दिनुहोस