काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
निर्वाचन कार्यक्रम अनुसार २०७९ साल वैशाख ११ देखि १२ गतेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकेको छ ।
वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका आयोगले बताएको छ । त्यस्तै वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्नेछ ।
वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।
यी कार्यक्रमहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुने प्रवक्ता पौडेलले बताए । वैशाख ३० गते मतदानको कार्य हुनेगरी निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ चैत्र २०७८, १९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्कीले गरिन् निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल
आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग
मतदाता नामावली संकलन उत्साहजनक : निर्वाचन आयोग
मतदाता नामावली दर्ताको प्रचार गरिदिन दलहरूलाई निर्वाचन आयोगको आग्रह
प्रतिनिधिसभा चुनावमा स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज पुग्दो छ: निर्वाचन आयोग
निर्वाचनमा साढे ७ अर्ब खर्च हुने आयोगको अनुमान