काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
निर्वाचन कार्यक्रम अनुसार २०७९ साल वैशाख ११ देखि १२ गतेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकेको छ ।
वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका आयोगले बताएको छ । त्यस्तै वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्नेछ ।
वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।
यी कार्यक्रमहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुने प्रवक्ता पौडेलले बताए । वैशाख ३० गते मतदानको कार्य हुनेगरी निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ चैत्र २०७८, १९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने
उम्मेदवारलाई चुनावी खर्च सार्वजनिक गर्न निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगद्वारा मातृका यादवलाई निर्वाचित भएको घोषणा