भारत हिन्दु र मुसलमान दुवैको देश हो, भेदभाव ठीक हैन – नाना पाटेकर

सफल खबर संवाददाता

शुक्रबार, ०४ चैत्र २०७८, १२ : ३८
भारत हिन्दु र मुसलमान दुवैको देश हो, भेदभाव ठीक हैन – नाना पाटेकर

काठमाडौं ।‘द कश्मिर फाइल्स’ प्रदर्शन भएपछि चर्चामा रहेको छ। चलचित्रको बारेमा दिनहुँ प्रतिक्रियाहरु आइरहेका छन्।

बलिउड अभिनेता नाना पाटेकरले पनि यस चलचित्रको बारेमा प्रतिक्रिया जनाएका छन्। उनले भने, ‘भारत हिन्दु र मुस्लिम दुवै सम्प्रदायका मानिसको देश हो, यहाँ कुनै तरिकाको भेदभाव र विभाजन ठीक हैन।

भारतीय सञ्चार माध्यमका अनुसार पाटेकरले अहिलेसम्म चलचित्र हेरिनसकेको बताएका छन्। त्यसैले उनले चलचित्रलाई लिएर अहिले नै टिप्पणी गरि नहाल्ने जनाए। तर उनले कुनै पनि चलचित्रलाई लिएर विवाद खडा गर्न नहुने बताए। 

प्रतिक्रिया दिनुहोस