मलेसियामा कोभिड सङ्क्रमित बढ्दै, २४ घन्टामा २७ हजार संक्रमित

सफल खबर संवाददाता

शुक्रबार, ०४ चैत्र २०७८, १२ : ३६
मलेसियामा कोभिड सङ्क्रमित बढ्दै, २४ घन्टामा २७ हजार संक्रमित

काठमाडौं । मलेसियामा कोभिड १९ का सङ्क्रमितहरुको संख्या पछिल्लो समयमा बढ्दै गएको पाइएको छ। यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार मलेसियामा गएको २४ घन्टा यतामात्र कम्तीमा २७ हजार ४ जना सङ्क्रमित भएका छन्।

यीसमेत गरी मलेसियामा अहिलेसम्ममा ३९ लाख ७६ हजार जना सङ्क्रमित भएका छन्। त्यस्तै मलेसियाका स्वास्थ्य अधिकारीले यहाँ पछिल्लो २४ घन्टामा ८६ जना सङ्क्रमितको मृत्यु भएको जनाएका छन्। योसमेत गरी अहिलेसम्ममा कोभिडबाट ३४ हजार १८५ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्।

पछिल्ला केही हप्तामा चीन र दक्षिण कोरियामा कोभिडका सङ्क्रमितको संख्या बढ्दै गएको देखिएको छ। एसियाका यी दुई देशसहित मलेसियामा पनि सङ्क्रमितहरु बढ्दै गएको देखिएको अधिकारीहरुले जनाएका छन्। 

प्रतिक्रिया दिनुहोस