न्यूजिल्याण्डको समुद्री किनारमा ३१ वटा ह्वेल मरे

सफल खबर संवाददाता

शुक्रबार, ०४ चैत्र २०७८, १२ : २९
न्यूजिल्याण्डको समुद्री किनारमा ३१ वटा ह्वेल मरे

काठमाडौं । ह्वेलका लागि मृत्यु स्थान मानिने न्यूजिल्याण्डको एउटा समुद्री तटमा कम्तीमा पनि ३१ वटा ह्वेल मरेका छन् । न्यूजिल्याण्डको दक्षिण टापुको उत्तरी छेउको समुद्री तटमा ती ह्वेल मरेका हुन् ।न्यूजिल्याण्डका वन्यजन्तु अधिकारीले दक्षिण टापुको फेयरवेल स्पिटको तीन किलोमिटर क्षेत्रमा पहिलो पटक मरेका ह्वेल फेला पारेका थिए ।

त्यही ठाउँमा फसेका केही ह्वेललाई उद्धारकर्ताहरूले पुनः समुद्रमा नै पठाएका थिए । अधिकारीहरूले ह्वेल मर्नु दुर्भाग्यपूर्ण भए पनि यसरी ह्वेल पानी बाहिर आउने र समुद्र किनारमा मर्ने घटना प्राकृतिक रहेको बताएका छन् ।सन् २०१७ को फेब्रुअरीमा करिब ७०० ह्वेल समुद्री किनारमा आएका थिए, तीमध्ये २५० वटाको मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस