एजेन्सी । पछिल्लो १० हप्तामा चीनमा १४ हजार भन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । चीनमा कारोना संक्रमण फेरि फैलिन थालेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । चीनमा कोरोना संक्रमित बढ्दै जान थालेपछि क्वारेन्टाइनका लागि स्थान अभाव हुने थालेको छ ।
चीनले धेरै शहरहरूमा लकडाउन गरेको छ ।अहिलेकै गतिमा चीनमा संक्रमण बढ्दै गएमा चीनको अर्थव्यवस्थामा पनि असर पर्न सक्ने अनुमान गरिएको छ । बढ्दो संक्रमितका कारण चीनको धेरै ठाँउमा स्वास्थ्य कर्मीको अभाव हुन थालेको संचारमाध्यमहरुको भनाई छ । स्वास्थ्य विज्ञहरूका अनुसार आगामी दिनमा चीनको स्वास्थ्य सेवामा दबाब बढ्न सक्नेछ।
चीनमा शून्य कोरोना नीति अन्तर्गत मानिसहरूलाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनका लागि अस्थाई अस्पतालहरू बनाइएका छन् । अस्सफोर्ड युनिभर्सिटीका ईपिडेमियोलोजीका प्रोफेसर चेन झेङ्मिनका अनुसार अर्काे दुई हप्ता सम्म लगाइएको प्रतिबन्धले संक्रमण दर घटाउन सकिनेछ ।
चीनका ९० प्रतिशत जनसंख्याले कोरोना बिरुद्धको भ्याक्सिन लगाइसकेका छन् ।सांघाईमा मार्च २१ देखि मे १ सम्म १०६ अन्तर्राष्ट्रिय उडानहरूमा रोक लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०३ चैत्र २०७८, १७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट