एजेन्सी । पछिल्लो १० हप्तामा चीनमा १४ हजार भन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । चीनमा कारोना संक्रमण फेरि फैलिन थालेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । चीनमा कोरोना संक्रमित बढ्दै जान थालेपछि क्वारेन्टाइनका लागि स्थान अभाव हुने थालेको छ ।
चीनले धेरै शहरहरूमा लकडाउन गरेको छ ।अहिलेकै गतिमा चीनमा संक्रमण बढ्दै गएमा चीनको अर्थव्यवस्थामा पनि असर पर्न सक्ने अनुमान गरिएको छ । बढ्दो संक्रमितका कारण चीनको धेरै ठाँउमा स्वास्थ्य कर्मीको अभाव हुन थालेको संचारमाध्यमहरुको भनाई छ । स्वास्थ्य विज्ञहरूका अनुसार आगामी दिनमा चीनको स्वास्थ्य सेवामा दबाब बढ्न सक्नेछ।
चीनमा शून्य कोरोना नीति अन्तर्गत मानिसहरूलाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनका लागि अस्थाई अस्पतालहरू बनाइएका छन् । अस्सफोर्ड युनिभर्सिटीका ईपिडेमियोलोजीका प्रोफेसर चेन झेङ्मिनका अनुसार अर्काे दुई हप्ता सम्म लगाइएको प्रतिबन्धले संक्रमण दर घटाउन सकिनेछ ।
चीनका ९० प्रतिशत जनसंख्याले कोरोना बिरुद्धको भ्याक्सिन लगाइसकेका छन् ।सांघाईमा मार्च २१ देखि मे १ सम्म १०६ अन्तर्राष्ट्रिय उडानहरूमा रोक लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०३ चैत्र २०७८, १७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
मादुरोको गिरफ्तारी अमेरिकाको एकतर्फी दादागिरी हो : चीन
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण