काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणमा आउँदै छन् । मोदी आज पटनाबाट भारतीय वायुसेनाका हेलिकोप्टरबाट सीधै जनकपुर विमानस्थलमा करिब सवा १० बजे अवतरण गर्नेछन् । मोदीको जनकपुरधाम भ्रमणलाई दृष्टिगत गरी प्रदेश २ सरकारले सार्वजनिक बिदाको घोषणा गरेको छ । मोदीको आगमनलाई मध्यनजर गर्दै जनकपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । मोदीले पूजा गर्ने जानकी मन्दिरमा बिहीबार दिउँसोदेखि नै सर्वसाधारणको प्रवेश रोक लगाइएको थियो । सडकमा मास्क लगाएर हिँड्न प्रतिवन्ध छ । ठाउँ–ठाउँमा बाक्लो संख्यामा सुरक्षाकर्मीहरु देखिन्छन् । मोदीको सुरक्षाका लागि करिब १० हजार प्रहरी परिचालन गरिएको छ । जानकी मन्दिर र बाह्रबिघाका ठाउँ–ठाउँमा सीसीटिभी क्यामरा जडान गरिएको छ । जनकपुरबाट काठमाडौं हुँदै मुक्तिनाथ गएर मोदी शनिबार दिउँसो ४ बजे स्वदेश फर्किने कार्यक्रम छ ।
यस्तो छ मोदीको भ्रमण तालिका
वैशाख २८ गते शुक्रबार:
बिहान ९ः१५ बजे– हेलिकोप्टरबाट जनकपुरमा अवतरण ।
९ः३०– जानकी मन्दिरमा पूजा ।
१०ः१५– बाह्रबिघा मैदानका लागि प्रस्थान । नागरिक अभिनन्दनमा सहभागी र सम्बोधन।
१ः३०– हेलिकोप्टरबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण, बौद्धस्थित हायात होटलमा प्रस्थान ।
४ः००– गार्ड अफ अनरका लागि चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर हुँदै सैनिक मञ्च टुँडिखेलका लागि प्रस्थान ।
४ः३५– उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटका लागि बहादुर भवन निवासमा ।
५ः००– राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवासमा ।
६ः००– महाराजगञ्ज, चावहिल, गौशाला हुँदै द्वारिकाज होटलमा पुग्ने । त्यहाँ विभिन्न दलका नेताहरुसँग भेटघाट ।
बैशाख २९ गते शनिबार:
बिहान ६ः००– मुक्तिनाथ जानका लागि विमानस्थल प्रस्थान ।
८ः३०– मुक्तिनाथमा पूजा ।
१०:३०– मुक्तिनाथबाट काठमाडौं फिर्ता ।
१०ः४०– विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान ।
११ः३०– होटल हायात प्रस्थान ।
२ः००– महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान ।
३ः३०– नागरिक अभिनन्दन, नेपालका प्रधानमन्त्रीसँग संयुक्त पत्रकार सम्मेलन तथा अरुण तेस्रोको उद्घाटन गरी बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान ।
प्रतिक्रिया दिनुहोस