बसाइँसराई सहरीकरणका लागि डरलाग्दो समस्या हो : मन्त्री झाँक्री

सफल खबर संवाददाता

बुधबार, ०२ चैत्र २०७८, ०९ : ०७
बसाइँसराई सहरीकरणका लागि डरलाग्दो समस्या हो : मन्त्री झाँक्री

बुटवल । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बढ्दो बसाइँसराई सहरीकरणको डरलाग्दो समस्या भएको बताएकी छिन् । उनले गाउँबाट सहरतिर बसोबास बढनु सहरीकरणका लागि चुनौती  थपिएको  बताउँदै यस्तो समस्या नीतिगत रूपमा समाधान गर्न सकिने खालको  रहेको बताएकी हुन् ।

उनले भनिन्, 'जनगणनाको प्रारम्भिक आँकडा हेर्ने हो भने बसाइँसराई एकदमै डरलाग्दो छ ।' लुम्बिनी प्रदेशको बुटवलमा सहरी नीतिको विषयमा आयोजित कार्यक्रममा उनले पहाडबाट तराईतिर, साना सहरबाट ठूला सहरतिर बसाइँसराईको क्रम बढनु चुनौती  रहेको बताइन् ।

बसाइँसराई कम गर्न पनि सहरी नीति आवश्यक रहेकोमा जोड दिँदै उनले यसका लागि नीतिगत रुपमा नै व्यवस्था गर्न लागिएको बताइन् । सरकारका संयन्त्रले ुएक्लाएक्लै काम गर्छौुं भन्ने सोच बदल्न आवश्यक रहेको  बताउँदै झाँक्रीले मन्त्रालय नै एक अर्काका विरोधीजस्ता देखिएको बतायन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपालको भौगोलिक विविधता अनुसारको सहरी नीति ल्याउनुपर्ने  बताए । उनले  देशका सुविधा सम्पन्न क्षेत्रमा जनसंख्या बढिरहेको भन्दै अनुकूलता अनुसार सरकारले नीति परिमार्जन गर्ने र नयाँ ऐन ल्याउनुपर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस