काठमाडौं । जिल्ला प्रहरी कार्यालय उदयपुरले १३ ग्राम ब्राउन सुगर सहित एक जना पक्राउ गरेका छन् । उदयपुरको बेलका नगरपालिका वडा नम्बर १ आम्बासीस्थित रामपुर–फत्तेपुर सडक खण्डमा चेकजाँचको क्रममा भुषण राई समातिएका हुन् ।
इलाका प्रहरी कार्यालय रामपुरठोक्सीलाको गस्ती टोलीले शंकास्पद देखिएपछि चेकजाँच गरिएको थियो । सो क्रममा उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ का ३१ वर्षीय भुषण पक्राउ परेका हुन ।
गोप्य सूचनाका आधारमा सो क्षेत्रमा प्रहरी पुगेको थियो । राईले कालो रंगको प्लाष्टिक भित्र पोकोपारी लुकाएर ल्याउदै गरेको १३ ग्राम ब्राउन सुगर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक बेदप्रसाद गौतमले जानकारी दिए । उनलाई जिल्ला अदालत उदयपुरबाट १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रनाउ गौतमको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० फागुन २०७८, १९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ