काठमाडौं । राप्रपा नेपालले संगठन विस्तारलाई तीब्रता दिएको छ । राप्रपा नेपाल सुनसरी जिल्ला अध्यक्षमा किरण चौलागाईं, रुपन्देही जिल्ला अध्यक्षमा अधिवक्ता प्रदीप शेरचन र धादिङ अध्यक्षमा नोरमान तामाङ चयन भएका छन् ।
चौलागाईंको अध्यक्षतामा ३७ सदस्यीय राप्रपा नेपाल सुनसरी जिल्ला कार्यसमिति गठन भएको छ भने शेरचनकोको अध्यक्षतामा ३५ सदस्यीय राप्रपा नेपाल रुपन्देही जिल्ला समिती गठन भएको छ ।
लोसपा परित्याग गरी राप्रपा नेपालमा प्रवेश गरेका नोरमान तामाङले राप्रपा नेपाल धादिङको अध्यक्षको जिम्मेवारी पाएका छन् । हालै मात्रै लोसपाको सिङ्गो जिल्ला समिति राप्रपा नेपाल धादिङमा समाहित भएको थियो ।
जनवर्गीय संगठनमा युवक, विद्यार्थी, महिला र युवा मोर्चाको नेतृत्वको जिम्मेवारी क्रमशः कैलाश कटुवाल र कमल बम रजवार, सुनिता कुरुङ्वाङ र नगेन्द्र देउजाले प्राप्त गरेका छन् । केही दिनभित्र धार्मिक र सांस्कृतिक संगठनको केन्द्रीय समिति घोषणा गर्ने तयारी रहेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ फागुन २०७८, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै
तीनकुने घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा नेपालको माग
राप्रपा नेपालले बोलायो कार्यसम्पादन समिति बैठक
राप्रपा नेपालले २६ चैतमा काठमाडौँमा जनप्रदर्शन गर्ने
आगामी मंसिरमा महाधिवेशन गर्ने राप्रपा नेपालको निर्णय
राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज पनि बस्ने