काठमाडौं । काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी एकजुट भए आगामी चुनावमा पार्टीलाई कसैले हराउन नसक्ने बताएका छन् ।
पार्टीमा आन्तरिक एकताको समस्या रहेको स्वीकार्दै उनले त्यस्तो समस्यालाई सुधारेर पार्टीलाई एकढिक्का बनाएर चुनाव केन्द्रीत हुनुपर्ने उनको भनाइ छ ।
नेपाली काँग्रेस नुवाकोट क्षेत्र नम्बर १ (ख) स्तरीय चुनाव केन्द्रीत ‘घर घर जाओैं, काँग्रेस जिताऔँ’ अभियानअन्तरगत शनिबार ककनीमा समापन गर्दै पौडेलले पार्टीको आन्तरिक प्रतिस्पर्धामा जित्नेहरुले हार्नेलाई पनि समेटेर एकताको भावना प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।
उनले आन्तरिक प्रतिस्पर्धालाई सामान्य रुपमा लिँदै हार्नेलाई पनि कार्यक्रमहरुलाई समेट्ने अभ्यास हुन सके पार्टी एकढिक्का हुनसक्ने धारणा राखे । तर, अहिले हार्नेको अत्तापत्तो नहुने परिपाटी रहेको औल्याउँदै उनले यसले पार्टी बलियो हुन नसक्ने धारणा राखे ।
उनले काँग्रेसको प्रतिस्पर्धी कम्युनिस्ट नै भएको धारणा राख्दै भने, ‘चुनाव जित्नका लागि उपविजेताहरुसँगै मिलेर बस्न सक्ने अवस्था हुनुपर्छ । आन्तरिक मञ्चहरुमा काँग्रेस एकै ठाउँमा हुनुपर्छ । जितेका हारेका सबै एकठाउँमा हुनुपर्छ ।’
काँग्रेस नै मिल्न नसक्दा नै पार्टीले उल्लेखनीय नतिजा ल्याउन नसकेको विगतलाई कोट्याउँदै उनले यसमा सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ फागुन २०७८, ०७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डेंगी परीक्षणको नाममा लुट्ने काम बन्द गर: स्वास्थ्य मन्त्री पौडेल
श्रमिकको स्वास्थ्य रक्षाको नेपाली मुद्दामा समर्थन जुटाउन स्वास्थ्य मन्त्री पौडेलको पहल
खेलबाट स्वास्थ्य जीवन, स्वच्छ समाजको प्रवर्द्धन हुन्छ : मन्त्री पौडेल
गम्भीर दीर्घरोगीको प्रशामक सेवाका लागि रणनीति स्वीकृत
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गरिँदै
सबै अस्पतालमा पादर्शिता र सेवामा एकरुपता ल्याउन विधेयक ल्याउने तयारी