न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले १२ हजार सेनालाई रुससँगको सीमा रहेका लातभिया, इस्टोनिया, लिथुनिया, रोमानियामा सारेको बताएका छन् । रुसी फौजले युक्रेनका मुख्य सहरहरुमा हमला तीव्र पारेको र राजधानी युक्रेनलाई घेरा हालिरहेको भन्ने विवरण सार्वजनिक भइरहेका बेला १२ हजार सेनालाई रुससँगको सीमा रहेका देशमा सारेका हुन् ।
हाउस डेमोक्रयाटिक काउकसका सदस्यहरुलाई सम्बोधन गर्दै बाइडेनले युक्रेनमा तेस्रो विश्व युद्ध नलड्ने तर नेटो क्षेत्रको प्रत्येक इन्चको रक्षा गर्ने उचित सन्देश पठाउने बचन दिएका छन् ।
उत्तर एट्लान्टिक ट्रिटी संगठन नेटो उत्तर अमेरिका र युरोपका ३० देशरुको समूह हो । राजनीतिक र सैन्य माध्यममार्फत आफ्ना सदस्यहरुको स्वतन्त्रता र सुरक्षाको सुनिश्चित गर्नु यसको उदेश्य हो ।
रुसी हमलामा युक्रेनीले उदाहरणीय वीरता र साहस प्रदर्शन गरेको बाइडेनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २८ फागुन २०७८, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा