जनकपुर । नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनबाट सन्तोष यादवलाई पराजित गर्दै पजियार निर्वाचित भएका हुन् ।
शुक्रबार राति आएको मतपरिणामअनुसार पजियार ६८९ को मतान्तरले निर्वाचित भएका छन् । कूल खसेको दुई हजार ८१४ मतमध्ये पजियारले एक हजार ७३५ र यादवले एक हजार ४६ मत प्राप्त गर्नुभएको थियो भने ३३ मत बदर भएको निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए ।
कूल तीन हजार ११९ मतदाता रहेकोमा दोस्रो चरणको निर्वाचनमा दुई हजार ८१४ मत खसेको थियो । पहिलो चरणमा नतिजा आउन नसकेपछि दोस्रो चरणका लागि शुक्रबार मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ फागुन २०७८, ०९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गगनले दिएको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निर्वाचन परिणाममा ‘प्रतिक्रिया मत’को प्रभाव देखिएको काँग्रेसको निष्कर्ष
नेविसंघको निर्णय अराजनीतिक र अवैधानिक भन्दै काँग्रेसले दियो कारवाहीको चेतावनी
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
ईदले नेपालीबिचको आपसी एकता र विश्वासलाई सुदृढ बनाओस्: नेपाली कांग्रेस
बारा काँग्रेसमा आन्तरिक विवाद चर्कियो