ट्वीटर ट्रेण्ड (फोटोफिचर)

ब्लकेड वज क्राइम मिस्टर मोदी (नाकाबन्दी अपराध थियो मोदी महाशय)

विहीबार, २७ बैशाख २०७५, १६ : १०
ब्लकेड वज क्राइम मिस्टर मोदी (नाकाबन्दी अपराध थियो मोदी महाशय)

काठमाडौं । नेपालको औपचारिक भ्रमणमा शुक्रबार नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भव्य स्वागतसँगै जनकपुर र काठमाडौंमा नागरिक अभिनन्दन गरिने कुरा सबै नेपालीले स्वीकार्न सकेका छैनन् । अढाई वर्षअघि नेपालमाथि नाकाबन्दी थोपरेका भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत र अभिनन्दन गर्न नसकिने भन्दै सामाजिक सञ्जाल ट्वीटरमा उनीविरुद्ध ट्वीट गरिएको छ । विनाशकारी भूकम्पले नेपाललाई थिलोथिलो पारेको बेला २०७२ साल असोज ३ गते नेपालले संविधान जारी गरेको निहुँमा असोज ६ गतेदेखि नै भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको थियो ।
अढाई वर्षअघि नाकाबन्दीका बेला नेपालीले भोग्नु परेको दुःख र कष्ट सम्झाउने तस्बिरसहित ट्वीटरको टाइमलाइनमाथि ह्यासट्याग ब्लकेड वज क्राइम मिस्टर मोदी भन्ने शब्दले कब्जा जमाएको छ । नेपालतर्फ ट्वीटर ट्रेण्डिङको नम्बर एक स्थानमा रहेको छ ह्यासट्याग ब्लकेड वज क्राइम मिस्टर मोदी (#BlockadeWasCrimeMrModi) । सामाजिक सञ्जाल फेसबुकको वालमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध केही पोस्ट भएका छन् । भारतीय प्रधानमन्त्री मोदीको नेपाल आगमनविरुद्ध ट्वीटरमा भेटिएका तस्बिरहरु हेर्नुहोस् :

 

प्रतिक्रिया दिनुहोस