ललितपुर । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रमा जस्तै स्थानीय तहमा पनि भ्रष्टाचार बढिरहेको र राप्रपाले आसन्न स्थानीय निर्वाचनमा स्थानीय तहको भ्रष्टाचारलाई प्राथमिकताका साथ उठाउने बताएका छन् ।
आज ललितपुरको चापागाँऊमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भ्रष्टाचार देश विकासको मुख्य बाधकको रुपमा रहेको र यो महारोगको रुपमा देखिएको बताएका छन् ।
कांग्रेस, एमाले, माओवादी दलीय रुपमा मात्रै अलग हुन्, ठूला ठूला भ्रष्टाचारका काण्डमा तीन दलको मिलेमतो र संरक्षण रहेको उल्लेख गर्दै लिङ्देनले केन्द्रमा रहेको भ्रष्टाचारको महारोग स्थानीय तहमा पनि व्याप्त रहेकोमा चिन्ता व्यक्त गरेका छन् । लिङ्देनले देशको विद्यमान समस्याको समाधान सामान्य टालटुल गरेर नहुने भन्दै प्रणालीमा आमुल सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
आमसभालाई प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्यहरु आनन्द अधिकारी, मीना शाही, ललितपुर जिल्ला अध्यक्ष अष्ट महर्जन लगायतले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ फागुन २०७८, १७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र लिङ्देनको प्रश्न : कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोग ?
राजेन्द्र लिङ्देनद्वारा पार्टीका विभाग प्रमुखहरूसँग छलफल
जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : राजेन्द्र लिङ्देन
संसदको अवरोधबारे सभामुख घिमिरेद्वारा डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग छलफल
राजावादीहरूसँग सरकार डरायो : राजेन्द्र लिङ्देन
४० वर्ष मुनिका युवासँग साक्षात्कार गर्दै राप्रपा अध्यक्ष लिङ्देन