तनहुँ । तनहुँको भानु नगरपालिका–९ बाइसजाँगरका स्थानीयवासीले पुनः सडक अवरुद्ध पारेका छन् । सोही ठाउँका १७ वर्षीय सनिज श्रेष्ठको सुन्दरबजार–९ स्थित मर्स्याङ्दी नदीमा मङ्गलबार डुबेर मृत्यु भएको घटनामा पीडितको जाहेरी नलिएपछि स्थानीयवासीले बिहीबार साँझदेखि बाइसजाँगरमा सडक अवरुद्ध पारेका हुन् ।
कानुनअनुसार अगाडि बढ्ने र निषेधाज्ञा तथा विरोध प्रदर्शन नगर्ने सहमति भएसँगै बुधबार गरिएको आन्दोलन स्थानीयवासीले फिर्ता लिएका थिए । असहज परिस्थिति सिर्जना भएसँगै प्रशासनले सिउडीबजार क्षेत्रमा निषेधाज्ञासमेत लगाएको थियो ।
पीडितपरिवारले फ्युचर स्टार आवासीय माध्यमिक विद्यालयका सञ्चालक बाबुराम पौडेल, वार्डेन सरोज अमलिया र एक विद्यार्थीविरुद्ध बिहीबार प्रहरीमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिए पनि प्रहरीले जाहेरी लिन अस्वीकार गरेको छ । सोही विरोधमा स्थानीयवासीले पुनः सडक अवरुद्ध पारेका हुन् । श्रेष्ठ विद्यालयका छात्रावासमा पढेर अध्ययन गर्दै आएका थिए ।
छात्रावासमा बसेका श्रेष्ठको आफन्तलाई जानकारी नदिई छात्रावास बाहिर पौडी खेल्न पठाएको, आफन्तलाई थाहा नदिइ शव लगेको पीडित पक्षको आरोप छ । स्थानीयवासी सीताराम बजगाईँले यसअघि किटानी जाहेरी लिने सहमतिपछि आन्दोलन स्थगन भए पनि अर्को दिन प्रहरी कार्यालयमा पुग्दा प्रहरीले किटानी जाहेरी नलिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ फागुन २०७८, ०९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
कञ्चनपुरको मोहना नदी-दैजी सडकको ठेक्का तोडियो
मोरङको रतुवा—केशलिया सडक निर्माणको ठेक्का तोडियो
नागढुङ्गा–नौबिसे सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने
इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो