काठमाडौं । गृह मन्त्रालयले दुई जना प्रहरी निरीक्षकसँग स्पष्टीकरण सोधेको छ । गृह मन्त्रालय, प्रहरी कर्मचारी महाशाखाले प्राविधिक प्रहरी निरीक्षकद्वय डा। विशालजंग ठकुरी र कार्तिकेश झासँग स्पष्टीकरण सोधेको हो ।
नेपाल प्रहरी अस्पताल महाराजगन्जमा कार्यरत नुवाकोटका ठकुरी ८ कात्तिकदेखि अस्पतालमा हाजिर नभएको गृहले जनाएको छ । उनलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।
त्यस्तै, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा दरबन्दी रहेका झा २२ कात्तिकबाट कार्यालयमा हाजिर छैनन् । उनलाई पनि सात दिनभित्र स्पष्टीकरण सोधिएको छ । अन्यथा दुबैलाई ‘भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ गृहसचिवस्तरीय निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ फागुन २०७८, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सि चिनफिङको पुस्तक जलाउने घटनामा छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन
इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय
गृह मन्त्रालयको नियन्त्रण कक्षबाट देशभरको निर्वाचन सुरक्षा गतिविधि अनुगमन
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
विवादमा तानिँदै घन्टी पार्टी, वालेन्द्र साहको नागरिकता विवरणबारे छानबिन गर्न गृह मन्त्रालयमा उजुरी
निष्पक्ष र निर्भीक भई आचारसंहिता अनुगमन गर्न सहायक प्रजिअलाई गृह मन्त्रालयको निर्देशन