सुर्खेतमा व्यापारी मृत्युको घटनामा असई शेरसिंह धामीविरुद्ध किटानी जाहेरी दर्ता

सफल खबर संवाददाता

आइतबार, २२ फागुन २०७८, १७ : ५१
सुर्खेतमा व्यापारी मृत्युको घटनामा असई शेरसिंह धामीविरुद्ध किटानी जाहेरी दर्ता

काठमाडौं । सुर्खेतमा कालिकोटका व्यापारी कृष्ण हमाल (मिनी) को शङ्कास्पद मृत्यु भएको घटनामा सुब्बाकुनाका प्रहरी सहायक निरिक्षक (असई) शेरसिंह धामीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता भएको छ । मृतक हमालका आफन्त तिलागुफा नगरपालिका–३ का ५४ वर्षीया हिराचन्द्र हमालले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दर्ता गराएका हुन् ।

प्रहरीको कुटाइबाट हमालको मृत्यु भएको भन्दै प्रहरी सहायक निरिक्षक धामीविरुद्ध किटानी जाहेरी दिइएको परिवारले जनाएका छन् । शुक्रबार साँझ वीरेन्द्रनगर भित्रिने प्रवेशद्वार सुब्बाकुनामा हमाल सवार ट्रकलाई नियन्त्रणमा लिएर उनलाई कुटपिट गर्दा उनको मृत्यु भएको उनीहरूको आरोप छ । 

प्रतिक्रिया दिनुहोस